१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

घमाइलो पोखरा (तस्बिर सहित)

बुधबार बिहान खुलेको पोखरा र घामको न्यानोमा रमाउँदै सर्वसाधारण । तस्बिरः उमेश पुन÷नागरिक

पछिल्ला दुईदिन पोखरा र आसपासमा निकै नै चिसो बढ्यो । चिसो बढ्दा सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको थियो । उच्च हिमाली भेगमा बाक्लो हिमपात हुँदा त्यहाँका स्थानीय झनै मारमा परेका थिए । तर, बुधबार बिहानदेखि पोखरा र आसपासका क्षेत्र खुलेको छ । बिहानैदेखि यहाँ घाम लागेकोले न्यानो महसुस भएको छ ।  

माछापुच्छ«े लगायतका हिमाली श्रृंंखला पनि खुल्दा झनै आकर्षक देखिएको छ । सर्वसाधारणहरु घामको न्यानो खोज्दै घरबाहिर निस्केका छन् । घामको न्यानो खोज्दै सर्वसाधारणहरु सार्वजनिक र खुलाचौरमा पुगेका छन् । बिहानैदेखि घरको छतमा उक्लेर घाम ताप्ने पनि प्रयाप्त देखिन्थे ।

मंगलबारको तुलनामा बुधबार पोखराको तापक्रम पनि केही बढेको छ । पोखरा विमानस्थलका अनुसार मंगलबार पोखराको अधिकतम तापक्रम १७.४ डिग्री थियो । तर बुधबार मध्यान्ह १९ डिग्री तापक्रम रहेको विमानस्थलको भनाई छ ।

पानी नपरेपनि दुईदिनको चिसोले यहाँका सर्वसाधारण आत्तिएका थिए ।  

जल तथा मौसम विज्ञान पोखरा कार्यालयका प्रमुख राजारामप्रसाद ढकालले पश्चिमी वायुको प्रभावले दुईदिनसम्म पोखरामा पनि चिसो बढेको बताए । तर, पश्चिमी वायुको प्रभाव हटेपछि बुधबार बिहानैदेखि पोखरा र आसपासका क्षेत्रमा पनि घाम लागेको उनले बताए । पश्चिम वायुको प्रभावले केही चिसो भएको ढकालको भनाई छ ।  

ढकालका अनुसार तराईका भेगमा अझै हुस्सु र कुहिरो लाग्ने तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । तर पोखरा सहितका क्षेत्रमा तत्कालै पानी पर्ने सम्भावना छैन ।

पश्चिमी वायुको प्रभावको प्रणालीले पश्चिम क्षेत्रमा दुईदिन अघि पानी परेपनि तत्काल पोखरा क्षेत्रमा पानी नपर्ने उनले बताए । 

प्रकाशित: २२ पुस २०७७ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App