coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

थुम्कै थुम्काको सुन्दर शैलुङ्ग (फोटोफिचर)

'शैलुङ्ग' तामाङ्ग भाषामा नामाकरण गरिएको उक्त नाम 'सै' को अर्थ सय र 'लुङ्ग'का अर्थ थुम्का हो । अर्थात् थुम्कै थुम्काहरूको स्थान हो शैलुङ्ग । काठमाडौँबाट करिब १२० कि.मि. उत्तरपूर्वमा पदर्छ यो अति नै सुन्दर पर्यटकीय तथा धार्मिक स्थल शैलुङ्ग ।

काठमाडौँबाट निस्केको केहि समय भित्र नै अलग खालको परिवेशमा पुगेको अनुभव गर्न सकिन्छ । कच्चि सडक, स–साना खरले छाएको घरहरू, स–साना नदीहरूलाई गाडी तर्फ हात हल्लाउँदै गरेको दृश्य, माटोको सुगन्ध, घाँस दाउराको भारी बोकेर आउँदै गरेका व्यक्तिहरू र शैलुङ्गको सिमाना प्रवेश गर्ने बित्तिकै नमस्कार गरिरहेको झैं आकृतिका धौलागिरी, अन्नुपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोेर्जे लाक्पा, गौरीशंकर आदि हिमालहरूले स्वागत गरिरहेको भान हुन्छ । 

शैलुङ्ग क्षेत्र प्राकृतिक रुपमा मात्र सुन्दर नभएर धार्मिक स्थलका रुपमा पनि परिचित छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेला जस्ता चाडमा धेरै भक्तजन तथा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ ।
किम्बदन्तीका अनुसार धेरै वर्ष पहिले यहाँ सयौँ ऋषि मुनिहरूले तपस्या गर्ने क्रममा कलियुग शुरु हुन लागेपछि कसैको पाप देख्न नपरोस् भनेर तपस्या गरिरहेकै स्थानमा विलिन भएका थिए र त्यहि स्थानमा थुम्काहरू उत्पन्न भएको भन्ने कथन रहेको छ ।
सरल जिवनशैली, मिजासिलो व्यवहार, मिठो बोली यहाँका बासिन्दाहरूको विशेषना नै रहेछ । आफ्नो गाउँमा आएका पाहुँनालाई बिना चिनजान नै मुसुक्क हासेर 'आउनुभयो' भनेर सोधिँदा लाग्यो उनीहरू मेरै प्रतिक्षामा थिए ।
भनिन्छ नेपालमा घामको पहिलो किरण गौरीशंकर हिमालमा पर्दछ, त्यसपछि मात्रै अन्य स्थानहरूमा किरण छरिदै जान्छ । दोलखाको भैसेबाट गौरीशंकरमा सूर्यका किरणले हिराजस्तै टल्केको स्पष्टै देख्न सकिन्छ । गौरीशंकरमा घाम पुग्दै गर्दा सँगसँगै शैलुङ्गमा पनि घाम लागेको देख्न
यसर्थ उदाउदो सूर्यको पहिलो किरण पाउन गौरीशंकर आरोहण गर्न नसकेपनि शैलुङ्गको थुम्कामा बसेर सोहि सरहको आनन्दको अनुभूती गर्न सक्दछौँ । कुन्ती मोक्तानले गाउनु भएको “माथि–माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई” गीत पनि यहि स्थानलाई लिएको गाइएको हो ।
उक्त गीतमा शैलुङ्गको सुन्दरताको बारेमा वर्णन गरिए झैँ यहाँ हत्केलामा मायाको गुरासँ फुलाउने मात्र होइन यहाँको लेक, पानी, पँधेरा, वनजंगल सबैसँग माया बस्दछ ।
शैलुङ्गको थुम्काहरूमा दुई जिल्लाको हक लाग्दछ । शैलुङ्गको सबैभन्दा अग्लो टाकुरा आधा दोलखामा पर्दछ भने आधा रामेछाप तर्फ पर्दछ । रामेछापबाट जाँदा दोरम्बा हुँदै उकालो लाग्नु पर्दछ । 
पूर्वाधारको विकास पूरा नभएको कारण सडक कच्चि तथा धेरै धुलो उड्ने खालको छ । हिउँदमा जाँदा त्यति समस्या नभएपनि वर्षाको समयमा भने हिलो तथा चिप्लो हुनसक्ने सम्भावना हुन्छ ।
(२८०० मि) कालापानीबाट पैदल यात्रा शुर हुन्छ । कालापानी देखि २०–३० मिनेटको उकालो हिडाई पछि पहिलो वेस क्याम्पमा पुगिन्छ । जहाँबाट पहिलो थुम्का शुरु हुन्छ । पहिलो थुम्काको टुप्पोमा विशाल त्रिशुल राखिएको छ ।
बिस्तारै थुम्काहरू चढ्दै गर्दा चिसो पनि बढ्दै गएको महशुस हुन्छ । अझ माथि सम्म पुग्दा हावाको तिव्र गतिले मुटु सम्म काम्ने र उडाएर तल फेद सम्मै पुर्‍याउला कि जस्तो हुन्छ । हिउँदको सुख्खा समयमा थुम्काहरू सुन जस्तै पहेँला देखिन्छन् ।
अबको केहि दिनपछि हिउँ परेर ति थुम्काहरू सेताम्मे हुनेछन् । वर्षाको समयमा ती थुम्काहरू हरियो हुन्छन् र त्यहाँ चौरी गाईहरू चर्नका लागि आउँदछन् । हिउँदको समयमा चौरीलाई चिसो नहोस् भनेर गाउँतिर लैजाने रहेछ । 
शैलुङ्ग काठमाडौँबाट नजिकै रहेको र धेरै चिरपरिचित स्थान हो । भौतिक पूर्वाधारको विकास तथा प्रवद्र्धनको कमिले गर्दा अन्य स्थानहरूले जति लोकप्रियता पाउन सकेको छैन ।

तर यहाँका प्रतिनिधिहरू दिनरात एक गरेर आफ्नो क्षेत्रको विकास गर्नमा लागि परेका छन् ।

कालापानी स्थित सामुदायिक भवनको निर्माण पनि भईसकेको छ । शैलुङ्ग यात्रामा जाने यात्रुहरूलाई आवश्यकता अनुसार शुल्क तिरेर प्रयोग गर्न दिने वडाध्यक्षले  बताए । त्यहाँ खुल्ला चौर आदिको निर्माण हुँदैछ ।

पिकनिक आउनेहरूलाई लक्षित पार्दै पिकनिक स्पट तयार हुँदै छन् ।

कालापानीदेखि पहिलो वेस क्याम्पसम्म स–साना चिया पानी, नास्ता पाउने पसलहरू खोल्ने तथा राम्रो र पक्कि होटल तथा रेष्टुरेन्ट खोल्ने पनि योजना रहेको अध्यक्ष दुलालले बताए ।
शैलुङ्ग क्षेत्रका प्रतिनिधिहरूले आफ्नो क्षेत्रको विकास प्रवर्धन गर्न तथा पर्यटन भित्र्याउन कुनै कमि बाँकी नराख्ने अठोट नै लिएको रहेछ, अध्यक्षले आफ्नो तर्क थप्दै भने । शैलुङ्गका यी थुम्काहरूले मौसम पिच्छे आफ्नो रंग बदल्छन् । हिउँदमा पहेँलपुर देखिन्छन् भने
वर्षाको समयमा चारैतिर हरियाली हुने गर्दछ । यति धेरै विशेषता, सुन्दरता हुँदा–हुँदै पनि शैलुङ्ग क्षेत्रमा पर्यटकको कमि हुनुको मुख्य कारण पूर्वाधारको विकास नहुनु, सुविधाको कमि हुनु नै हो जस्तो लाग्दछ । तर यहाँका प्रतिनिधिहरू दिनरात एक गरेर आफ्नो क्षेत्रको वि
'अबको दुई वर्ष भित्र शैलुङ्गलाई सुविधा सम्पन्न स्थान बनाउँछौँ ।' शैलुङ्ग गाउँपालिका वडा नं.८ का वडाध्यक्ष रामेश्वर उप्रेतीले भने ।
खुशी 75%
दुखी 0%
अचम्मित 25%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App