अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गरिरहेका बेला धरानको पर्यटकीक्षेत्र बगरकोटको सडकलाई पनि अम्ब्रेला स्ट्रिट बनाइएको छ। धरान १५ स्थित बगरकोट प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। लकडाउनले लामो समय थला परेको बगरकोटलाई अंग्रेजी नयाँ वर्षको स्वागतको लागि बिशेषरुपम
अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गरिरहेका बेला धरानको पर्यटकीक्षेत्र बगरकोटको सडकलाई पनि अम्ब्रेला स्ट्रिट बनाइएको छ। धरान १५ स्थित बगरकोट प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। लकडाउनले लामो समय थला परेको बगरकोटलाई अंग्रेजी नयाँ वर्षको स्वागतको लागि बिशेषरुपमा सजाइएको हो।
काठमाडौंलगायत विभिन्न स्थानमा छाता झुण्ड्याएर पर्यटकहरुलाई आकर्षित गरेको खबर फैलिएपछि धरानको बगरकोटमा पनि रंगीचंगी छाता झुण्ड्याइएको बगरकोट व्यवसायी मञ्चले जनाएको छ।
तीन दिनदेखि मञ्चले ५ सय वटा छाता झुण्ड्याएको हो। छातामा ८० देखि ९० हजार खर्च भएको छ। उक्त खर्च स्थानीय व्यवसायीहरु र गोर्खा ब्रुअरीको सहयोगमा राखिएको पनि मञ्चका अध्यक्ष जिवन लिम्बुले बताए।
बगरकोटमा पाँच वटा लाउञ्ज एण्ड बारहरुसहित ३२ वटा रेष्टुरेन्ट, सेकुवा कर्नर, डिपार्टमेन्ट स्टोर, किराना पसललगायत छन्। बगरकोट सेकुवा, कान र जिब्रोको लागि प्रख्यात ठाउँ हो। यहाँ हरेक साँझ आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गर्छ।
जुम्लाको तिला गाउँपालिका ७ पोखरी गाउँको गोठी बस्ती आगोले जलेर नष्ट भएको छ । चुल्होबाट निस्केको सानो झिल्कोले बस्ती सखाप भएको हो । गाउँका ३२ घर जलेका छन् । आगोले मानवीय क्षेति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन् । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गरे । उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’
पछिल्लो समय रेडपाण्डाको अवैध कारोबार बढदै गएको छ । प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ पनि गरिरहेको छ । तर रेडपाण्डाको अवैध कारोबार गर्नेको संख्यामा भने कमी आएको छैन । बाँके प्रहरीले पछिल्लो दुइ महिनामा करिब एक दर्जन ब्यक्तिलाई अवैध रुपमा रेडपाण्डाको कारोबार गरेको आरोपमा पक्राउ गरेर कारबाहीका लागि प्रक्रिया अगाडी बढाइसकेको छ । बुधबार पनि प्रहरीले रेडपाण्डाको कारोबार गर्नेलाई पक्राउ गर्न सफल भएको छ ।