अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा प्रवेश गरी तोडफोड र आक्रमण गरेका छन्। वासिङ्टनको क्यापिटल भवनमा अमेरिकी कांग्रेसले इलेक्टोरल कलेजको बारेमा बहस भइरहेका बेला ट्रम्पका समर्थकहरुले सांसदभित्र दंगा मच्चाएका थिए।
बहसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेन बिजयी भएको औपचारिक पुष्टि हुन बाँकी रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू झ्याल र ढोका तोडफोड गर्दै हतियारसहित संसद भवनमा प्रवेश गरेको अन्तर्राष्ट्रिय संञ्चारमाध्यामले जनाएका छन्।
संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो। अहिले ट्रम्पका समर्थकले संसद भवन र बाहिर उग्र भई प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनमा मृत्यु हुनेको संख्या चार पुगेको छ। सुरक्षाकर्मीले २ विस्फोटक र ५ हतियारसहित दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
हिंसात्मक प्रदर्शनपछि क्यापिटल भवनमा कर्फ्यू घोषणा गरिएको छ। एजेन्सी
ज्योतिषी अनुष अधिकारीका अनुसार ‘१२ः३४’ जस्तो क्रमिक अंक संयोजनलाई शुभ मानिन्छ। ‘यो अंकलाई सकारात्मक र उन्नतिको संकेतका रूपमा लिइन्छ,’ अधिकारीले भने, ‘त्यसैले उहाँले आफ्नो कुण्डली र समय मिलाएर यही समय रोज्नुभएको हुन सक्छ।’
राष्ट्रपति कार्यालयका अनुसार शपथभन्दा केही अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नेछन्। शाहले दिउँसो १२:३४ मा शपथ लिने समय तय भएको छ।
यो प्याकेजमा ५४ प्रतिशत प्रगति भएको भण्डारीले बताए। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायत संरचनाको निर्माणकार्य सकिएको छ।