बालेन्द्र शाहले प्रधानमन्त्री पदको सपथ १२ः३४ बजेको समयमा लिनेभएपछि उक्त समयलाई लिएर व्यापक चासो र चर्चा सुरु भएको छ। किन यही समय रोजियो भन्ने विषयमा विभिन्न अड्कलबाजी र विश्लेषण सार्वजनिक भइरहेका छन्।
कतिपयले यसलाई संयोग मात्र नभई ज्योतिषीय र अंकशास्त्रीय आधारसँग जोडेर व्याख्या गरेका छन्। अंकशास्त्र अनुसार १, २, ३, ४ क्रमशः प्रगति, विस्तार र स्थायित्वका संकेत मानिन्छन्। यसले कुनै पनि कार्यको सुरुवातदेखि सफलतासम्मको यात्रा क्रमिक रूपमा अगाडि बढ्ने प्रतीकका रूपमा हेरिन्छ।
ज्योतिषी अनुष अधिकारीका अनुसार ‘१२ः३४’ जस्तो क्रमिक अंक संयोजनलाई शुभ मानिन्छ। ‘यो अंकलाई सकारात्मक र उन्नतिको संकेतका रूपमा लिइन्छ,’ अधिकारीले भने, ‘त्यसैले उहाँले आफ्नो कुण्डली र समय मिलाएर यही समय रोज्नुभएको हुन सक्छ।’
अधिकारीले बालेन शाहको बुध र वृहस्पति ग्रह सक्रिय रहेको उल्लेख गर्दै उत्तर फर्केर बस्ने व्यवस्था पनि ज्योतिषीय दृष्टिले अनुकूल रहेको दाबी गरे।
तर सबै ज्योतिषी यसमा सहमत छैनन्। केही विज्ञहरू भने यस्ता समय चयनलाई व्यक्तिगत विश्वास वा मनोवैज्ञानिक प्रभावका रूपमा लिन्छन्। बालेन शाहले १२ः३४ को समय रोज्नु ज्योतिषीय विश्वास, अंकशास्त्रीय संकेत वा व्यक्तिगत रोजाइ लगायतका कुनै पनि कारण हुन सक्छ। तर यसले सार्वजनिक चासो र बहस भने व्यापक रूपमा बढाएको छ।
प्रकाशित: १३ चैत्र २०८२ १०:१७ शुक्रबार





-600x400.jpg)