८ वैशाख २०८१ शनिबार
फोटो फिचर

पोखरामा पनि पृथ्वी जयन्ती भव्य

पोखरामा सोमबार पृथ्वीजयन्ती मनाइदै । तस्बिरः उमेश पुन÷नागरिक

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती पोखरामा भव्य रुपमा मनाइएको छ । पोखराको मानवअधिकार चोकबाट पञ्चेबाजा,भजन, लाखेनाच सहित ¥याली निकाली न्यूरोड, सभागृह हुदैं पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।  

¥यालीको स्वागतको लागि हेलीकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । स्वतन्त्र राष्ट्रिय नागरिक आन्दोलनको नेतृत्वमा भएको कार्यक्रममा शिवसेना नेपाल, विश्व हिन्दुमहासंघ, राप्रपा लगायत विभिन्न आमा समुहहरुले समेत सहभागिता जनाएका थिए ।  

राष्ट्र निर्माताका पीता पृथ्वीनारायण शाहको योगदानलाई बिर्सेर अहिले देश टुक्राउने खेल भइरहेको सभामा वक्ताहरुले बताएका छन । एकदिनमात्र नभई हरेक दिन एकता भई राष्ट्रलाई बचाउन लागिपर्नुपर्ने उनीहरुको भनाइ थियो ।  

पृथ्वी जयन्तीको अवरमा भएको कार्यक्रममा नेपाललाई हिन्दु राष्ट्र कायम गर्दै पृथ्वीनारायण शाहको दिव्य उपदेशमा हिड्न समेत आग्रह गर्दै नारा समेत लगाएका थिए । कायक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रिय नागरिक आन्दोलनका संयोजक बालकृष्ण न्यौपानेले देश समाप्ती तर्फ गएको भन्दै अब नागरिकले नै आन्दोलन गर्नुपर्ने बताए । नेताहरुले देशलाई डुबाएर पार्टी बचाउने खेलमात्र खेलेको उनको भनाइ रहेको छ । 

प्रकाशित: २७ पुस २०७७ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App