पोखरामा यतिबेला आन्तरिक पर्यटक घुम्न आएका छन् । नयाँवर्ष अवसर पारेर पोखरा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल देखिन्छ । आन्तरिक पर्यटक आएपछि यहाँका व्यवसायी पनि खुसी भएका छन् । तस्बिरः उमेश पुन÷नागरिक
जुम्लाको तिला गाउँपालिका ७ पोखरी गाउँको गोठी बस्ती आगोले जलेर नष्ट भएको छ । चुल्होबाट निस्केको सानो झिल्कोले बस्ती सखाप भएको हो । गाउँका ३२ घर जलेका छन् । आगोले मानवीय क्षेति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन् । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गरे । उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’
पछिल्लो समय रेडपाण्डाको अवैध कारोबार बढदै गएको छ । प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ पनि गरिरहेको छ । तर रेडपाण्डाको अवैध कारोबार गर्नेको संख्यामा भने कमी आएको छैन । बाँके प्रहरीले पछिल्लो दुइ महिनामा करिब एक दर्जन ब्यक्तिलाई अवैध रुपमा रेडपाण्डाको कारोबार गरेको आरोपमा पक्राउ गरेर कारबाहीका लागि प्रक्रिया अगाडी बढाइसकेको छ । बुधबार पनि प्रहरीले रेडपाण्डाको कारोबार गर्नेलाई पक्राउ गर्न सफल भएको छ ।