coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

रिडिमा माघे सङ्क्रान्ति स्नान गर्नेको भिड (फोटो फिचर)

माघे सङ्क्रान्तिको अवसरमा रुरुधामको धार्मीक मेलामा भक्तजनहरुको न्यून उपस्थिती देखिएको छ। कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम नहुँदा गत वर्षको तुलनामा न्यून संख्यामा भक्तजनहरुको उपस्थिती रिडी मेलामा देखिएको हो।

कालीगण्डकी स्नान गरी दानदक्षिणा गर्नेहरुको रुरु क्षेत्रमा मेला लागेको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङक्रान्ति पनि भनिन्छ। सौरमानको गणना बमोजिम आजदेखि ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यता अनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभ कर्महरु पनि यसै बेला गर्ने परम्परा छ। पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रिडिमा सोमबार बिहानैदेखी स्नान गर्नेहरुको घुईचो छ। आजको दिनमा भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन्। स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटी लगायतका परिकार खाने चलन छ।

 

 

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App