मृत्युबोध गराउने रेस्टुराँ

थाइल्यान्डको एउटा रेस्टुराँले कफीसँगै मृत्युबोध पनि बेच्ने गरेको छ। यो मृत्युबोध हिजोआज निकै लोकप्रिय हुन थालेको छ। यहाँ छिर्नेबित्तिकै तपाईंले अवश्य पनि कफी अर्डर गर्नुहुन्छ नै ! रेस्टुराँले पनि तपाईंलाई उचित समयमा कफी ल्याएर दिन्छ। तपाईं कफीको स्वादमा रमाइरहँदा उता रेस्टुराँले भने तपाईंको आकारप्रकार हेरेर एउटा चिहाने बाकस तयार पारिसकेको हुन्छ।