कोरोनाबाट परेको असर

म जस्ता सानो उमेरका धेरै केटाकेटीहरूलाई कोरोनाका कारण आफ्नोे घरमा मात्र बस्नुपरेको छ । यसरी घरभित्र मात्र बस्नुपरेकोले मलाई आजभोलि दिनहरू बिताउन धेरै गाह्रो भएको छ । अहिले मैले विद्यालय जान पाएको छैन । साथीहरूसँग भेट्न पाएको छैन । साथीहरूसँग खेल्नदेखि आफूलाई मन लागेको ठाउँ घुम्न पाएको छैन ।