१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

सुखको वर्ष बनोस् २०७७: कुनै नेपालीले शिर झुकाउन नपरोस्, सबैको वाणीमा ईश्वरको वास होस्

आशुतोष पन्त कक्षा ७,
आलोक विधाश्रम,रातोपुल, काठमाडौं ।

कोरोना भाइरसको महामारीका कारण विसं २०७६ चैतको दोस्रो हप्तादेखि हामी लकडाउनमा बस्न बाध्य छौं । आज हामी मात्र होइन, संसारका धेरै मान्छे आतंकित छन् । हामीले सुझबुझपूर्ण ढंगले कोरोनालाई परास्त गर्नुछ । भोलिको भविष्यका लागि जसरी मानिसले बचत गर्दछ त्यसरी नै आफु र परिवारको उज्ज्वल भविष्यका लागि आफ्ना आवस्यकता थाति राखेर सामाजिक दूरी कायम गरेर बस्नु सान्र्दभिक नै देखेको छु । यस विषम परिस्थितिको सामना गर्ने शक्ती प्रदान गर्न ईश्वरसँग प्रार्थना गर्दछु । हालका लागि लकडाउन पालना गरेर घरमै बसौं है ।

हामीले नयाँ वर्ष २०७७ का पाइला चालिसक्यौं । वैशाख १ गतेका दिन मैले पनि नयाँ वर्षमा आफुले गर्ने कार्य योजना बनाएँ । केही प्रतिज्ञा गरें । बसुधैब कुटुम्बकम् भनेझैं मानव जातिमा कहिल्यै झगडा नहोस् । सधैं शान्ति छाओस् भन्ने कामना पनि गरें । 

संस्कृतमा अर्को पनि भनाई छ, ‘सत्यमेव जयते’ । यस वर्ष सत्यको जित होस् । नयाँ वर्षमा हामीले नयाँ कामको शुभारम्भ गर्नु पर्छ । म विद्यार्थी हुँ, मेरो दायित्व पढाइमा लाग्नु हो । हामीले आफूले सिकेका कुरा अरुलाई पनि सिकाउनु पर्छ । त्यसैले यो वर्षमा म नयाँनयाँ ज्ञान आर्जन गरि आफ्ना गुरु÷गुरुआमा र विद्यालयको नाम राख्ने प्रयास गर्नेछु । 

मलाई संगीतमा रुची छ । त्यसैले सांगितिक क्षेत्रमा पनि उल्लेखनिय प्रगती हासिल गर्न चाहन्छु । हामीले सृजना गरेका लेखरचनाले मान्छेका मनलाई छुनुपर्छ । उनीहरूलाई प्रफुल्ल बनाउन सक्नुपर्छ । यो वर्ष म आफ्नो साहित्य लेखनलाई पनि उचाईमा पु-याउन चाहन्छु ।  

म परिवारको एक जिम्मेवार सदस्य पनि हुँ । मैले आफ्ना सबै कर्तव्य पुरा गरी परिवारको असल सदस्य बन्नुपर्छ । परिवारका सबै सदस्यको दीर्घायूको कामना गर्दछु । आफ्नो परिवारको मात्र होइन, सबै नेपालीको जीवनमा दुःख, अँध्यारोको नाश होस् । सुख, शान्ति र समृद्धिको दिप प्रज्वलित होस् । सबैको जीवनमा सरस्वती, लक्ष्मी र गणेशले बास गरुन् । हामी ज्ञानका आँखाले उचित, अनुचित छुट्टयाउन सकौं । 

अर्को कुरा, हामी सानैदेखि सामाजिक काममा अग्रसर हुनुपर्छ । विसं २०७७ सालमा सामाजिक कार्यमा आफुलाई उत्तरदायित्व वहन गर्न सक्ने क्षमता विकास गर्ने प्रयास गर्नेछु । हाम्रो देशमा सुख, शान्ति छाओस्, कुनै नेपालीले आँशु बगाउनु नपरोस, कुनै नेपालीले शिर झुकाउन नपरोस् । सबैको वाणिमा ईश्वरको वास होस् । 

समस्या आइपरेपछि समाधान पनि निस्कन्छ । यतिवेला हामी कोरोनाको  समस्यामा छौं । यस विपद्बाट मानव जातिलाई बचाउनु छ । हामीले बुझ्नु पर्छ कि जीवन सधैं एकनास रहँदैन । सुख र दुःख दुवै क्षणमा सामाजिक काममा मन लागोस् । सधैं अरुको सेवा गर्ने अबसर मिलोस् । हामी सबै जिम्मेवार भएर अघि बढ्न सकौं । 
समग्रमा, आशा र उत्साहको वर्ष बनोस् २०७७ ।

प्रकाशित: ३ वैशाख २०७७ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App