२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महिला उम्मेदवार १२.११ प्रतिशत मात्र !

आगामी फागुन २१ गते हुने निर्वाचनलाई राजनीतिक दलले महिला उम्मेद्वार छनौटमा ध्यानै नदिएको पाइएको छ। मनोनयन दर्ताका क्रममा १२ दशमलव ११ प्रतिशतमात्र महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।  

मनोनयन दर्ताका विषयमा जानकारी दिन आयोगले गरेको पत्रकार सम्मेलनमा महिला उम्मेदवारको संख्या कम भएको उल्लेख गरिएको थियो ।  

आयोगका अनुसार तीन हजार ४२८  उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसमा तीन हजार ३७ पुरुष र ३९१ महिला रहेको निर्वाचन अयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले बताए । महिला सहभागिता हेर्दा यो १२ दशमलव ११ प्रतिशतमात्र हो ।

काठमाडौंको निर्वाचन क्षेत्रका उम्मेदवार  

काठमाडौंमा कुल मतदाता ७ लाख १० हजार ७०८ रहेको १० निर्वाचन क्षेत्रमा पनि विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी उत्साहपुर्वक दिएका छन्।

क्षेत्र नम्बर १ बाट साँझ अन्तिम समयसम्म कुल २३ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसमा १२ जना दलका उम्मेदवार  ११ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र, एमालेबाट मोहनराज रेग्मी, नेपाली कांग्रेसबाट प्रवेश थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रन्जु दर्शना, माओवादीबाट धनराज शाही लगाएतका उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत चुरामन खड्काले बताए ।उनका अनुसा यस क्षेत्रमा कुल मतदाता संख्या ४८ हजार ४ सय ८९ रहेको छ।

यसैगरी क्षेत्र नम्बर २ कागेश्गरी मनहरा नगरपालिकामा पनि पनि चुनावकोलागि उम्मेदवारहरु उत्साहपुर्वक नाम दर्ता गराउन आएको  निर्वाचन अधिकृत शान्ति न्यौपानेले बताइन् ।उनका अनुसार यस क्षेत्रमा कुल ८८ हजार ७ सय १० रहेकोमा २८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये स्वतन्त्र तर्फ १२ दर दलका तर्फबाट १६ उम्मेदवार छन् । एमालेबाट मणिराम फुँयाल, काँग्रेसबाट कविर शर्मा, रास्वपाका सुनिल केसी लगाएतका छन् ।

यसैगरी क्षेत्र नम्बर तीनमा कुल १६ वटा दलका र ७ वटा स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको छ। निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार गोकणेश्वर नगरपालिका क्षेत्रबाट उज्यालो नेपालका कुलमान घिसिङ, रास्वपाका राजुनाथ पाण्डे,एमालेका रामेश्वर फूयाल, नेपाली कमप्युनिष्ट पार्टीका निरज लामा,नेपाली कांग्रेसका रमेश अर्यालबीच कडा प्रतिस्पर्धा हुने छ ।

क्षेत्र नम्बर पाँच टोखानगरपालिकामा स्वतन्त्र र दलका गरि कुल २६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत श्रद्धा रिजालले बताइन् । यस क्षेत्रमा मुख्य रुपमा नेपाली काँग्रेका महामन्त्री प्रदीप पौडेल र एमालेका तर्फबाट ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

यसै गरी क्षेत्र नम्बर ६ तारकेश्वार नगरपालिमा दल र स्वतन्त्र तर्फका उम्मेरवादर गरी कुल २१ जनाले उम्मेदवारी दर्ता गरएका छन् । जसमा स्वतन्त्र तर्फ ६ र दलका तर्फबाट १५ जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत चपलना पोखरेलले बताइन् । यस क्षेत्रमा एमालेका अमन कुमार मास्के, काँग्रेसका कृष्ण बानियाँ क्षेत्री, जनमोर्चाका जगतप्रसाद रेग्मीविच कडा प्रतिस्पर्धा हुने देखिएको छ।  

क्षेत्र नम्बर ७ काठमाडौं महानगरपालिकामा कुल २८ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्र तर्फका ११ र दलका १७ जना उम्मेदवार रहेको निर्वाचना अधिकृत  सविता शर्माले बताइन् । कुल ६७ हजार ४ सय ११ मतदाता रहेको यस क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठ, काँग्रेसका प्रमोदहरि गुरागाई, रास्वपाका गणेश पराजुलीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।  

नागाअर्जुन नगरपालिका क्षेत्र नम्बर ८ बाट कुल २२ जनाको उम्मेदवारी परेको छ। जसमा ५ जना स्वतन्त्र तर्फका र १७ जना दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सम्झना खनालले बताइन् । कुल ५७ हजार ८ सय मतदाता रहेको यस निर्वाचन क्षेत्रमा मुख्य रुपमा रास्वापाका उम्मेदवार विराजभक्त श्रेष्ठ, कांग्रेसका सपना राजभण्डारी, एमालेका राजेश शाक्य, राप्रापाका नविन शाही,माओवादी नेत्रविक्रम चन्दका सलाम सिंह लामा र नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

क्षेत्र नम्बर ९ चन्द्रागिरी नगरपालिकामा कुल २६ जनाको उम्मेदवारी परेको छ। जसमा स्वतन्त्रका तर्फबाट ८ र दलका १८ उम्मेदवार रहेको यस क्षेत्रमा कुल मतदाता ७८ हजार छन् ।  

क्षेत्र नम्बर १० कीर्तिपुर नगरपालिकामा कुल २६ले उम्मेदवारी दिएकोमा दलका तर्फबाट १६ र स्वतन्त्रका तर्फबाट १० रहेका छन् । मुख्य रुपमा नेपाली कांग्रेसका हिमाल कार्की, एमालेका विनोद श्रेष्ठ र रास्वपाका प्रदीप विष्टबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित: ६ माघ २०८२ २१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App