१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

झापाबाट ओलीको सन्देशः हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु

फाइल तस्बिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको भन्दै सन्देश दिएका छन्। झापा–५ बाट उम्मेदवारी दिन सोमबार दमक आभएका अध्यक्ष ओलीले हराएका र भत्किएका सपनाहरूलाई आजैबाट रोपाइँ सुरु हुने सन्देश दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीले भनेका छन्, 'शुभ विहानी! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ।'  

उनले आगामी निर्वाचनमा एमालेले जित्ने विश्वास व्यक्त गरे। ‘हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस्!’ उनले भनेका छन्।

प्रकाशित: ६ माघ २०८२ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App