नामको मोहमा कराते

गाउँका दाजुहरू सबै कराते खेल्थे। दीपक श्रेष्ठ भने फुटबलतिर थिए। एक दिन दाजु राजपाल कर्माचार्यले दक्षिण एसियाली च्याम्पियनसिपले करातेबाट स्वर्ण पदक जितेको खबर गोरखापत्रमा छापियो।गाउँका साथीहरू पत्रिकामा नाम हेर्न झुम्मिए। सबै दंग थिए। दीपकको मन चञ्चल भयो।