१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

जेठमा अफ्रिकन फिल्मको स्वाद

काठमाडौं–कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी)ले चौथो अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। कलेजले प्रेस विज्ञप्ती जारी गर्दै आगामी जेठ महिनाको पहिलो साता फेस्टिभल गर्ने जानकारी गराएको हो।

कलेजले सन् २०११ देखि नेपाल–अफ्रिका फिल्म फेस्टिवल आयोजना गर्दै आइरहेको छ। संस्कृति आदान प्रदान तथा बिकासका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले फेस्टिभलको थालनी गरिएको हो। ‘दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन फेस्टिभल महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ। फेस्टिवलमा प्रदर्शन हुने अफ्रिकी फिल्मले अफ्रिकी भू–राजनीति, समाज, जनजीवन, संस्कृति नियाल्न र बुझ्न मद्दत गर्दछन्,' विज्ञप्तीमा भनिएको छ।

फेस्टिवल जेठ ९ देखि जेठ ११ गते ९२३–२५ मे० सम्म राजधानीको रसियन कल्चरल सेन्टरमा आयोजना हुनेछ।

फेस्टिभलमा मदर अफ जर्ज, नाइजेरियन गर्ल, मिस्टर बोन्स एटी, द गु्रम्स् व्राइड, वार वीच कंगो, विनी मण्डेला लगातका अन्य अफ्रिकी फिल्मका साथै केही नेपाली फिल्म समेत प्रदर्शन गरिनेछ।

प्रकाशित: ११ चैत्र २०७० २३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App