९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

थप दाइजो माग्ने पतिसँग सम्बन्ध विच्छेदको माग

राजविराज- सप्तरीको कञ्चनपुर गाविस–१ घर भई राजविराज नगरपालिका–९ स्थित माइतमा बस्दै आएकी २१ वर्षीया रिणा कर्णले थप दाइजो माग्ने पतिसँगसम्बन्ध विच्छेदको माग गरेकी छन्। रिणाले ३४ वर्षीय पति विजयकुमार कर्णले थप दाइजो माग्दै कुटपिट गरी घर निकाला गरेको भन्दै सोमबार जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएकी हुन्।पीडितले दिएको निवेदनमा आरोपित पतिलगायत घरपरिवारका सदस्यले थप दाइजो माग गर्दै गत वर्ष चैत २५ गते कुटपिट गरी घरनिकाला गरेकाले सम्बन्ध विच्छेदको माग गरेको अदालतले जनाएको छ। सामाजिक परम्पराअनुसार ०६८ असार १५ गते भएको विवाहमा आरोपितले दाइजोबापत नगद रु तीन लाख र रु एक लाख ५० हजारको सुनका गरगहना लिएको पीडितले निवेदनमा दाबी गरेकी छन्। रासस

प्रकाशित: ११ चैत्र २०७० ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App