२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सानोथिमि बाल सुधार गृहमा झडप, प्रहरीमाथि नै ढुंगामुढा प्रहार

मध्यपुरथिमि-२ सानोथिमिस्थित बाल सुधार गृहमा बिहीबार राति झडप र आगजनी भएको छ।

बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो। आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुंगाना नेतृत्वको टोलीले सुधार गृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो।

जानकारी अनुसार झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए।

मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए। सुधार गृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ।

उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन्।अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन्। रासस

प्रकाशित: ९ माघ २०८२ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App