२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेकलाई ओसारपसार गर्न नपाइने

भोलि हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सवारी आवागमन व्यवस्थापनलाई सहजीकरण गर्न निर्वाचन आयोगले विशेष व्यवस्था सिफारिस गरेको छ। 

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निषेधित क्षेत्र प्रवेश पास प्राप्त व्यक्तिहरूलाई मतदानका दिन घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म आवतजावत गर्न सवारी पास आवश्यक नपर्ने व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गरिएको छ।

उक्त व्यवस्था सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘झ’ तथा दफा १५ का आधारमा गरिएको हो। 

यसअघि सिफारिस पाएका तथा हालको व्यवस्थाअनुसार सवारी पास आवश्यक नपर्ने छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिको ओसारपसार गर्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ।          

 

प्रकाशित: २० फाल्गुन २०८२ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App