२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

नागरिक सरकारले गराएको निर्वाचन पहिलाभन्दा सुदृढ : गृहमन्त्री अर्याल

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले नागरिक सरकारले गराएको निर्वाचन पहिलाभन्दा सुदृढ हुने दाबी गरेका छन्। 

मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले स्वच्छ, निष्पक्ष, धाँधलिरहित हुने भन्दै नागरिक सरकारले गराएको निर्वाचन पहिला भन्दा सुदृढ हुने दाबी गरेका हुन्। 

निर्वाचनमा भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेको उनको भनाइ छ। अहिलेको निर्वाचनले लोकतन्त्रणको गुणस्तर सुदृढ हुनुपर्ने भन्दै गृहमन्त्री अर्यालले यो निर्वाचनले राजनीतिक सुशासन कायम गर्नका लागि ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे।  

सुझबुझपूर्ण तरिकाले मतदान गर्न पनि उनले सबैसँग अनुरोध गरेका छन्। 

प्रकाशित: २० फाल्गुन २०८२ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App