२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, प्रधानमन्त्रीले लिँदैछिन् ‘ब्रिफिङ’

भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक बसेको हो।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा निर्वाचन सुरक्षाका विषयमा विस्तृत छलफल भइरहेको छ। निर्वाचनको मुखमा प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग पछिल्लो अवस्थाबारे जानकारी लिन बैठक बोलाएकी हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठकमा सुरक्षा अंगका प्रमुखहरूले देशभरको सुरक्षा अवस्थाबारे ‘ब्रिफिङ’ गरिरहेका छन्।

मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन अपनाइएका अन्तिम सुरक्षा रणनीतिका विषयमा पनि बैठकमा समीक्षा हुने बताइएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App