नेपालस्थित बेलायती दूतावासले नेपालमा सम्पन्न निर्वाचनको लागि सरकार तथा नेपाली जनतालाई बधाई दिएको छ।
दूतावासले सन्देश जारी गरेर नेपाललाई आफ्नो 'सबैभन्दा पुरानो मित्र' राष्ट्रका रूपमा उल्लेख गर्दै नेपालीहरूले प्रदर्शन गरेको लोकतान्त्रिक संस्कारले सुशासनको सुदृढ आधार निर्माण गरेको बताएको छ।
दूतावासका अनुसार नेपाली नागरिकहरूले लोकतान्त्रिक प्रक्रियाप्रति देखाएको प्रतिबद्धताले देशमा सुशासन प्रवर्द्धन हुनुका साथै आर्थिक तथा सामाजिक विकासलाई तीव्र गति दिने विश्वास व्यक्त गरिएको छ।
सन्देशमा आगामी दिनमा बेलायतले नेपालमा गठन हुने नयाँ सरकारसँग सहकार्यलाई थप सुदृढ बनाउँदै उज्ज्वल भविष्य निर्माणतर्फ सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १४:५२ शुक्रबार





