इलाम क्षेत्र नम्बर २ अन्तर्गत चुलाचुली गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मको मतगणना सम्पन्न भएको छ। प्राप्त नतिजा अनुसार श्रम संस्कृति पार्टीका सुदीप राईले २ हजार ९०७ मतका साथ आफ्नो अग्रता राखेका छन्।
नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले कुल २ हजार ४७९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका भेषराज आचार्यले एक हजार २३१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल बहादुर राईले ९२० मत पाएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ २०:१२ शुक्रबार





