मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष चौधरी भारी मतान्तरसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ को भारी मतले पछाडि पार्दै विजयी भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार विजयी चौधरीले ४० हजार ८ सय ३३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १२ हजार ८ सय १८ मत मात्र ल्याए।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७ सय ६२ मत ल्याउँदै तेस्रो भए। उनी यसभन्दा अघि एक पटक समानुपातिकबाट सांसद बनेका थिए। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धनबाट काँग्रेसका नेता महेश आचार्यलाई हराएका थिए भने तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको गठबन्धनबाट विजयी भएका थिए। उनी प्रचण्डका विश्वासिला पात्र मानिन्छन्।
नेकपा एमालेका जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत प्राप्त गर्दै तेस्रो भए।
प्रकाशित: २३ फाल्गुन २०८२ ०७:०४ शनिबार





