२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

म्याग्दीमा महावीरको भारी मतले अग्रता कायम, रास्वपा चौथो

म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै भारी मतले अग्रता लिएका छन्।

ताजा मतपरिणाम अनुसार पुनले ७,७८७ मत प्राप्त गरेका छन्। यो मत उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका हरीकृष्ण श्रेष्ठको भन्दा दोब्बरभन्दा पनि बढी हो। श्रेष्ठले हालसम्म ३,०५६ मत मात्र प्राप्त गरेका छन्। पुन र श्रेष्ठबीचको मतान्तर ४,७३१ पुगेको छ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन बहादुर थापा २,००१ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी १,९२८ मतका साथ चौथो स्थानमा सीमित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ४८४ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App