२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

झापा–५ : ओलीलाई फराकिलो अन्तरले पछि पार्दै बालेनको अग्रता

झापा क्षेत्र नम्बर-५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पारेका छन्।

एमालेको प्रभाव क्षेत्र मानिने झापा–५ मा शाहले सुरुवाती चरणमै फराकिलो अग्रता बनाएका हुन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले ८ सय १४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले ३ सय ८४ मत पाएका छन्।

गणनाको यो चरणमा शाहले ओलीभन्दा दोब्बर बढी मतको अग्रता कायम गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App