२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

किन स्थगित भयो बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’ को प्रदर्शन?

दक्षिण भारतीय चलचित्र ‘टक्सिकः अ फेयरीटेल फर ग्रोन–अप्स’ को प्रदर्शन मिति स्थगित भएको छ। चलचित्र हेर्नका लागि दर्शक अझ कुर्नु पर्ने छ।

मार्चमा ‘टक्सिक’ र ‘धुरन्धर २’ को टक्कर हुने अनुमान गरिएको थियो। तर, मार्च १९ देखि प्रदर्शनको तयारीमा रहेको यशको बहुप्रतिक्षित चलचित्र स्थगित गरेपछि एकल प्रदर्शनमा रहेको 'धुरन्धर २' को व्यापार अझ सफल हुने अनुमान गर्न सकिन्छ।  

अभिनेता तथा निर्माता पक्षले विज्ञप्ति जारी गरेर नयाँ प्रदर्शन मिति घोषणा गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘टक्सिकः अ फेयरीटेल फर ग्रोन–अप्स’ हामीले विश्वव्यापी दर्शकलाई ध्यानमा राखेर परिकल्पना गरेको चलचित्र हो। कन्नड र अंग्रेजी भाषामा छायांकन गरिएको यो चलचित्र देशभित्रका मात्र होइन, विश्वभरका दर्शकसँग जोडिने विश्वासका साथ निर्माण गरिएको हो।’

‘वर्षौंको मेहनतपछि हामी मार्च १९ मा यो फिल्म तपाईंहरूसामु ल्याउन उत्साहित थियौं। तर अहिलेको अनिश्चित अवस्था, विशेषगरी मध्यपूर्व क्षेत्रमा देखिएको तनावले दर्शकसम्म पुग्ने हाम्रो उद्देश्यलाई असर गर्ने परिस्थिति सिर्जना गरेको छ’, विज्ञप्तिमा भनिएको छ,  ‘मध्यपूर्व क्षेत्रको अवस्था त्यसबेलासम्म सामान्य हुने अपेक्षासहित चचलचित्रको प्रदर्शन जुनसम्म सार्ने निर्णय गरिएको हो।’  

यो चलचित्र अब ४ जुन, २०२६ अर्थात २१ जेठ, २०८३ मा प्रदर्शन हुने जनाइएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App