बाँके क्षेत्र नम्बर–३ मा ३ हजार ४ सय ४५ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले फराकिलो अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार सुनारले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पारेका हुन्।
सुनारले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन ५ सय ४१ मतसहित तेस्रो स्थानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०६:२४ शुक्रबार





