रौतहट क्षेत्र नम्बर–४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले फराकिलो अग्रता कायम गरेका छन्।
बिहान ३ बजेदेखि सुरु भएको मतगणनामा पौडेलले एक हजार ३० मत प्राप्त गर्दै बाँकी उमेदवारलाई पछाडि पारेका हुन्।
नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना दोस्रो स्थानमा छन्। उनले ३ सय ५१ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपाका रामकुमार भट्टराईले २ सय ९२ मत प्राप्त गर्दा एमालेका राम जि साहले ३० भोट पाएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०६:४२ शुक्रबार





