नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालयमा मतदान गरेका छन्।
बिहान ७:५५ मिनेटमा मतदान केन्द्रमा पुगेर मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशको विषम परिस्थितिका बिच भइरहेको निर्वाचनलाई सफल बनाउन सबै मतदाताले सजगता, धैर्यता र जिम्मेवारीका साथ मतदान गर्नुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री नेपालले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोगको आवश्यक रहेको बताए।
उनको मतदानसँगै उक्त केन्द्रमा सुरक्षाको व्यवस्था कडा पारिएको थियो भने मतदाताहरू पनि उत्साहपूर्वक लाइनमा बसेर मतदान गरिरहेको देखिएको छ।
जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ ०८:१६ बिहीबार




-600x400.jpg)
-600x400.jpg)