२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

यो निर्वाचनमा अघिल्लोभन्दा घट्यो सहभागिता: २०४८ देखि अहिलेसम्म कुन चुनावमा कति सहभागी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको छ। यस निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए।

जेन–जी विद्रोहको पृष्ठभूमिमा सम्पन्न यस मध्यावधि निर्वाचनमा उच्च मतदान हुने अनुमान गरिएको थियो। तर प्रारम्भिक तथ्यांकले अघिल्ला निर्वाचनको तुलनामा मतदान प्रतिशत केही घटेको देखाएको छ। उल्लेखनीय कुरा के भने कुनै पनि राजनीतिक दल वा संगठित संस्थाले औपचारिक रूपमा चुनाव बहिष्कारको घोषणा गरेका थिएनन्।

अघिल्लो २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६१.६३ प्रतिशत मतदान भएको थियो।

विभिन्न निर्वाचनमा कति मत खस्यो ?

नेपालमा संसदीय निर्वाचनमा मतदान प्रतिशत समयअनुसार तल–माथि हुँदै आएको देखिन्छ।

२०४८ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि भएको प्रतिनिधिसभा निर्वाचनमा ६५.१५ प्रतिशत मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार त्यतिबेला ७२ लाख ९१ हजार ८४ मत खसेका थिए र ४.४२ प्रतिशत मत बदर भएको थियो।

२०५१ सालको निर्वाचनमा ७६ लाख २५ हजार ३४८ मत खसेको थियो। त्यसमध्ये ७३ लाख ८४ हजार २७७ मत सदर भएका थिए भने २ लाख ४१ हजार ७१ मत बदर भएका थिए।

२०५६ सालको निर्वाचनमा ६७.१३ प्रतिशत मतदान भएको थियो। त्यसबेला ८८ लाख ९४ हजार ५६६ मत खसेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा १ करोड ११ लाख ४६ हजार ५४० मत खसेको थियो, जुन ६३.२९ प्रतिशत हो। त्यसमध्ये १ करोड ७ लाख ३९ हजार ७८ मत सदर भएका थिए।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ९५ लाख १६ हजार ७३४ मतदाता मतदानमा सहभागी भएका थिए। त्यसबेला ७८.७४ प्रतिशत मतदान भएको थियो। तीमध्ये ९० लाख ४४ हजार ९०८ मत सदर भएका थिए भने ४ लाख ७१ हजार ८२६ (४.९६ प्रतिशत) मत बदर भएको थियो।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पहिलो चरणमा २० लाख ६८ हजार ७९८ र दोस्रो चरणमा ८५ लाख २५ हजार १७३ गरी कुल १ करोड ५ लाख ९३ हजार ९७१ मत खसेको थियो, जुन ६८.६७ प्रतिशत हो। त्यतिबेला ५.१६ प्रतिशत मत बदर भएको थियो।

प्रकाशित: २१ फाल्गुन २०८२ २१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App