१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीका पिताको निधनमा गगन थापाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले मोहनप्रसादको असमायिक निधनको दुःखद खबरले मर्माहत बनाएको बताएका छन्। यस्तै, दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै उनले श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।

'नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पूजनीय पिता मोहनप्रसाद ओलीज्यूको असमायिक निधनको दुःखद खबरले मर्माहत बनाएको छ,' उनले भने, 'दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।'

प्रकाशित: २९ फाल्गुन २०८२ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App