२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

जुम्लामा करिब ६० प्रतिशत मतदान, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जुम्ला जिल्लामा करिब ६० प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लाभरका १ सय १० मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ४१ हजार २१० मत खसेको छ।

कार्यालयका अनुसार मतदान गर्नेमा २१ हजार १४६ महिला र २० हजार ६४ पुरुष रहेका छन्। जुम्लामा कुल ७१ हजार ७ सय ३९ मतदाता रहेका थिए।

जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न भएको छ। “सबै मतदान केन्द्रबाट प्राप्त प्रतिवेदनअनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,” उनले बताए।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले पनि निर्वाचन शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी तथा स्थानीय तहसहित सबै पक्षको समन्वय र सहयोगले मतदान प्रक्रिया सहज रूपमा सम्पन्न भएको हो।

मतदान सकिएपछि अहिले मतदान केन्द्रबाट मुचुल्का संकलन गरी मतपेटिका सदरमुकाम ल्याउने काम जारी रहेको प्रशासनले जनाएको छ।

यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले जुम्लामा मतगणना भोलि बिहान ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ। सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले मतपेटिका आइरहेकोले शुक्रबार बिहान ७ बजेदेखि मतगणना सुरु हुने जानकारी दिए।

प्रकाशित: २१ फाल्गुन २०८२ २१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App