३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौं–१० मा रास्वपाका विष्ट अगाडि

त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० को मतगणना भइरहेको छ। पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्।

हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेको  निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए।

अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मतगणना जारी छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App