महिला एकलमा विभूतिले पोखराकी गंगा शर्मालाई ६–४, ६–३ ले हराइन्। विभूतिले छेवाङ लामासँग मिलेर मिक्स डबल्स उपाधि जितिन्। उनीहरूले गंगा र शक्ति शर्मालाई ६–१, ६–४ ले हराए।
कुल ४ लाख ५ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा महिला र पुरुष एकल विजेताले समान ५० हजार तथा उपविजेताले २५ हजार पुरस्कार पाएका थिए।
अन्तरसरकारी सेवातर्फ पुरुष एकलमा टिएसीका निरञ्जन श्रेष्ठ विजयी भए। उनले आफ्नै संस्थाका संजय झालाई ६–३ , ६–४ ले हराए। पुरुष युगलको फाइनलमा टिएसीका निरञ्जन र सागरबहादुर केसीको जोडीले आफ्नै संस्थाका अमूल्य सिंह र संजय झाको जोडीलाई ६–२, ६–७, १२–१० ले पाखा लगायो।
३५ वर्षमाथि भेट्रान्स एकलमा राजु श्रेष्ठ विजयी भए। उनले पोखराका धर्मसिंह लामिछानेलाई ६–० , ६–२ ले हराए। ३५ वर्षमाथि भेट्रान्स युगलको फाइनलमा काठमाडौंका चन्द्र शाही र सोभियतमान श्रेष्ठले काठमाडौंकै मनोज राणा र राजु क्षेत्रीलाई ४–६, ६–४, १०–६ ले हराए।
४५ वर्षमाथि भेट्रान्स एकलको फाइनलमा ललितपुरका कृष्णराज घले विजेता बने। उनले पोखराका विनोद गुरुङलाई ६–३, ७–५ ले हराएर उपाधि जिते। ४५ वर्षमाथि भेट्रान्स युगलको फाइनलमा काठमाडौंका मनोज राणा र शोभितमानको जोडीले ललितपुरका कृष्णराज घले र राजु श्रेष्ठको जोडीलाई ६–४, ६–१ ले हराउँदै उपाधि जित्यो। काठमाडौंका ध्रुव गुरुङ ५५ वर्षमाथि भेट्रान्स एकलमा च्याम्पियन बने। उनले काठमाडौंकै ज्ञानेन्द्र ताम्राकारलाई ८–४ ले हराए।
५५ वर्षमाथि भेट्रान्स युगलमा काठमाडौंका ज्ञानेन्द्र ताम्राकार र गौतमलाल प्रधानको जोडी विजयी भयो। उक्त जोडीले काठमाडौंकै मोहनबहादुर शाही र विदुर विष्टलाई ८–६ ले पराजित गर्यो ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिले आयोजना गरेको प्रतियोगिता विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरुीक्षक कोषराज वन्तलगायतले पुरस्कृत गरे।
प्रकाशित: १४ चैत्र २०७० १९:५२ शुक्रबार





