विपक्षिहरु पेनाल्टी बक्स वरिपरी शाहको खुट्टामा बल भए सधै खतरा महसुस गर्थे। अझ त्यो पनि बायाँ खुट्टटामा भए झनै खतरा।
बाँया खुट्टे शाह विदेशी क्लवहरु सँग खेल्दा पनि नेपाली मिडफिल्ड र फरवार्ड दुवै खेल्न सक्ने आफ्नो समयमा प्रतिभावान खेलाडि हुन्। विदेशी र घरेलु मैदानमा खेल्दा फरक महसुस गर्ने खेलाडीहरुकोबीचमा उनको अलग पहिचान छ। उनी दुवै ग्राउण्डमा उत्कृष्ट प्रदर्शन गर्न सक्थे ‘नो नर्भस'। ‘हाइ डोमिनेटिङ पावर' भएका शाह मैदानमा छिरेपछि जित्नैपर्छ र खेल्नैपर्छ भन्ने भावना लिएर खेल्ने खेलाडी हुन्। उनी आफ्नो टोलीका सँधै राम्रो खेलाडी त हुँदै हुन् अरुलाई पनि त्यस्तै बनाउने प्रयास गर्थे।
१९९८ मा एसियन खेलकुद उनको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो। राष्ट्रिय टोलीका कप्तान समेत रहेको उनले मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए।
घरेलु फुटबलमा मुख्य त उनी मनाङ मर्स्याङ्दीका खेलाडी हुन्। यसबाहेक आरसिटी, थ्री स्टार, आरएनएसीबाट पनि उनले थुप्रै पटक खेले। तर, उनको मुख्य क्लब मनाङ नै हो। शाहले तत्कालिन समयमा फुटवलको सर्वाधिक राशीको रुपक स्मृति पुरस्कार पनि प्राप्त गरे २०५५ मा।
शाहको नाम सँग १९९३ को छैटौं दक्षिण एसियाली खेलकुद (साफ) को फाइनल छुट्दैन। नेपाल र भारतबीच भएको त्यो जीवन मरणको खेलमा नेपाल भारतसँग २–१ ले पछि परिरहेको अन्तिम समयमा जादुयम गोल गर्न सफल भए शाह। खेलको अन्तिम समयतिर फ्रि–किकमा गरेको दुर्लभ गोलले खेल २–२ को बराबरीमा आयो। त्यहि गोलको कारण खेल टाई–ब्रेकरमा पुग्यो र ४–३ को विजय हासिल गर्दै नेपालले दोस्रो पटक स्वर्ण पदक जित्यो। नेपालले अहिलेसम्म जितेको यो पछिल्लो स्वर्ण पदक हो, जसमा शाहको योगदान थियो।
शाहलाई ‘गड गिफ्टेड' खेलाडी भन्दा फरक पर्दैन। उनको पारिवारिक माहोल नै खेलकुदमय थियो। उनका पिता लक्ष्मणविक्रम शाह मनाङका खेलाडी एथलेटिक्स प्रशिक्षक थिए। यहि माहोलले उनलाई खेल जीवनमा प्रवेश गर्न कठिन भएन।
स्टार हुँदा हुँदै पनि कुनै शाह प्रतिबन्धित भए। यो २०३८ तिरको कुरा थियो। थ्री स्टार र ठमेल ११ को झगडा हुँदा प्रतिवन्धित ठमेलका पाँच खेलाडीमध्ये उनी पनि एक थिए। त्यही वर्ष १९८३ मा पहिलो पटक नेपालले उमेर समूहको फुटबल खेल्यो यु–१३ प्रिन्सेस कप थाइल्यान्डमा। त्यहि गेमनै उनको प्रतिवन्ध फुकुवा गर्ने उपयुक्त अवसर बन्यो। त्यहि गेमको लागि शाहको निलम्बन फुकुवा गरेर थाइल्याणको लागि छनोट गरियो। त्यहीबेला विराट शाह, मृगेन्द्र, कुमार कटुवाल लगायतका खेलाडी पनि थिए। १९८४ मा यु–१३ को कप्तान भएर उनि थाइल्याण्ड गए शाह। १९८४ मा चीनमा भएको यु–१६ एसियन कपमा पनि शाह पुगे। विदेशी रंगशालामा नेपाली फुटवललाई पुर्याशउन शाहको अमुल्य योगदान रहेको छ।
ठमेल प्रतिवन्धमा परेपछि मनाङ मर्स्याङ्दीको जन्म भयो। मनाङले २०३९ मा डी लिग खेल्यो। ०४० मा सी, ०४१ मा बी र ०४२ मा ए यी सबैमा मनाङ सबै च्याम्पियन भयो। शाह त्यसको एउटा मुख्य हिंसा थिए। त्यो समयमा एन्फाले एन्फा कप आमन्त्रण फुटबल गर्थ्यो। यसमा नेपाल रातो र नेपाल निलो भन्ने टिम हुन्थे। १९८४ मै राम्रो खेलाडी भएकाले उनी नेपाल निलोमा परे।
प्रकाशित: १४ चैत्र २०७० २२:५४ शुक्रबार





-600x400.jpg)