दोहोरो फायरिङ हुँदा पनि कसैलाई गोली भने लागेको छैन। गोली चलेपछि गाँजा बोकेकाहरु भागको प्रहरीले जानकारी दिएको छ। दुई सय किलो गाँजा र गाँजाबाट बनेको १४० किलो धुलो प्रहरीले बरामद गरेको छ। पिप्ले गाविसको वडा नं. ९ र भण्डारा गाविसकोवडा नं. ९ को बीचमा मर्ताल खोला पर्दछ।
सुचना पाएपछि इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राममणि उप्रेतीको नेतृत्वमा एक टोली र अस्थायी प्रहरी चौकी लोथरका प्रहरी सहायक निरीक्षक होमराज न्यौपानेको नेतृत्वमा अर्को टोली मर्ताल खोला पुगेको थियो। लगभग २० जनाले गाँजा बोकेर आएको प्रहरी निरीक्षक उप्रेतीले बताए। मकवानपुरको पहाडी क्षेत्रबाट गाँजा ल्याएको अनुमान छ।
प्रकाशित: १० चैत्र २०७० ०२:२७ सोमबार





