राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरधामस्थित एउटै होटलमा बास बसेका छन्।
आइतबार साँझ जनकपुर आइपुगेका बालेन र विराटनगरबाट आएका पूर्वयुवराज पारस यहाँको ‘मिथिला यात्री निवास’ मा बसेका हुन्।

स्रोतका अनुसार पूर्वयुवराज पारससँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि सोही होटलमा रहेकी छिन्।
बालेन शाह रास्वपाले सोमबार जनकपुरमा आयोजना गर्न लागेको परिवर्तन उद्घोष सभामा सहभागी हुन आजै हवाइजहाजमार्फत जनकपुर आएका हुन्।
उता, पूर्व राजपरिवारका सदस्यहरू भने विराटनगर हुँदै जनकपुर आएको बुझिएको छ।
प्रकाशित: ४ माघ २०८२ २१:४० आइतबार





