३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

कर्णालीलाई विश्वसामु चिनाउन मेरो उम्मेदवारी: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दल विशेषका विरुद्ध नभई कर्णालीको आवाज दबाउनेहरूका विरुद्ध भएको बताएका छन्।

आगामी निर्वाचनको सन्दर्भमा आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले चुनाव जितेर संसदमा पुगेपछि पनि कर्णालीको मुद्दा नउठाउने प्रवृत्तिको आलोचना गरेका हुन्।

उनले आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट पार्दै लेखेका छन्, ‘मेरो उम्मेदवारी कुनै पार्टीका विरुद्ध होइन, कुनै दलका विरुद्ध होइन। चुनाव जितेर आएर पनि संसदमा कर्णालीको आवाज उठाउन नसक्नेका विरुद्ध हो, सधैँ काठमाडौंका नेताहरूको चाकडी गर्नेका विरुद्ध हो।’

शाहीले कर्णालीको विकास, समृद्धि र यहाँका सम्भावनालाई विश्वसामु चिनाउन आफू चुनावी मैदानमा होमिएको जिकिर गरेका छन्।

उनले कर्णालीवासी आम मतदातालाई सम्बोधन गर्दै आफूलाई एकपटक अवसर दिन आग्रह समेत गरेका छन्।

प्रकाशित: ४ माघ २०८२ २१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App