प्रदेश ५ : कोरोना संकटबीच राष्ट्रिय धान दिवस मनाइयो

कोरोना महामारीका बीच प्रदेश न. ५ सरकारले १७ औं धान दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा सोमबार कृषि विकास निर्देशनालय प्रदेश नं. ५ ले रोपाई गरेर धान दिवस मनाएको हो । उक्त अवसरमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोना महामारीले कृषिको महत्वलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने नीति लिएको बताईन ।