coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माटोमा अम्लीयपन बढी हुँदा उत्पादनमा कमी

पूर्वको प्रदेश नं. १ का  जिल्लाको  माटोमा अम्लीयपन बढी हुँदा अन्नबाली लगाउँदा उत्पादनमा कमी हुने गरेको छ। धेरै माटोमा अम्लीयपन बढ्दै जानु र बाली–विरुवालाईं नभई नहुने नाइट्रोजन–फस्फोरसको मात्रा घट्दै गएकाले गर्दा उत्पादन शक्तिमा पनि वर्षेनी कमी आउने गरेको हो।  

माटो परीक्षण प्रयोगशाला प्रदेश नं. १ कार्यालय झुम्का सुनसरीले चालु आर्थिक वर्षको साउनदेखि असार १४ गतेसम्म प्रदेश नं. १ का सुनसरी, मोरङ, धनकुटा, संखुवासभा, भोजपुर र उदयपुरको माटो परीक्षण गर्दा अम्लीयपन बढी नै पाइएको हो। यो अवधिमा माटो परीक्षण प्रयोगशालाबाट तीन हजार तीन सय नमूना लिएर परीक्षणा गर्दा ५२ प्रतिशत हाराहारी अम्मलीयपन रहेको परीक्षण प्रयोगशालाका सूचना अधिकृत दिगम्बर यादवले बताए। यो चालु आर्थिक वर्ष सकिन अझै १५ दिन बाँकी रहेकाले गर्दा परीक्षणका लागि अरु माटो थपिदा यकिन भने हुन बाँकी लाग्नेछ।  ‘अनुकुल माटो हुँदा स्वाभाविक रुपमा उत्पादन बढ्छ,’ सूचना अधिकृत यादवले भने, ‘माटोलाई स्वस्थ्य राख्न सक्दा उत्पादनको रेसियो बढ्छ।’ 

उनका अनुसार माटोलाई स्वस्थ्य राख्ने उपाय अप्नाउनकै लागि किसानको माटो परीक्षण गरिएको हो।  अम्लीयपन घटाउने घरेलु विधिमा सवैभन्दा पहिला त कम्पोष्ट मलको प्रयोग गर्नुपर्ने र त्यसपछि माटो परीक्षणकै आधारमा कृषि चुन प्रयोग गर्न सकिनेछ। ‘कृषि चुनको प्रयोग गर्दा माटोको अम्लीयपनको अवस्था अनुसार मात्र प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘कृषि चुनको प्रयोग गर्दा कुनै पनि बाली लगाउनुभन्दा १५ दिनअघि नै गर्नुपर्छ।’ यतिबेला धान रोप्ने सिजन भएकाले गर्दा कृषि चुनको प्रयोग गर्दा १५ दिन अघि नै गर्नुपर्ने यादवले सुल्झाए।  ‘माटोमा अम्लीयपन सुधार गर्न मिश्रित खेती पनि लगाउनु उत्तम हुनेछ,’ उनले भने।  

प्रकाशित: १४ असार २०७७ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App