युवाले सुरु गरे ड्रागन फ्रुट खेती
खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन्। स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर खेती सुरु गरेका हुन्।
खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन्। स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर खेती सुरु गरेका हुन्।
कित्ताकाट रोकिँदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले चार वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन्।
विभिन्न १३ वटा सडक खण्ड निर्माणका लागि ८८ करोड रुपैयाँबराबरको ठेक्का सम्झौताको निर्धारित समयावधि तीन महिना अगाडि सम्पन्न भएको छ। सघन सहरी विकास कार्यक्रमअन्तर्गत पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कार्यान्यवन भइरहेका यि योजनाका १३ सडकमध्ये एउटाको काम पनि सकिएको छैन।
निम्न वर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ ।
हाल मुलुकमा सञ्चालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा लागेका छन् ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिका प्रअ रत्नकुमार बस्नेतले किर्ते कागजात पेश गरेर प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट फस्र्यौट गर्न खोजेको खुलेको छ ।
नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको बताएको छ । दशदिनको अवधिमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले 'अटो प्राईसिङ’ भन्दपनि व्यवहारिक रुपमा समायोजन भएको बताएको हो ।
कुमारी बैंकले राष्ट्रिय स्तरको देव विकास बैंकलाई गाभेर संयुक्त कारोबार सुरु गरेको छ । दुई बैंक एक आपसमा गाभिएपछि आईतबारदेखि कुमारी बैंकको नामबाट औपचारीक कारोबार सुरु गरेको बैंकले जनाएको छ ।
मञ्जुश्री फाइनान्स र यूनाइटेड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । गत आर्थिक वर्ष ०७५/०७६ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर सामूहिक रुपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् ।
गण्डकी प्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार भेटघाट गरि कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले ४ वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन् ।
उपत्यका आसपासमा जिल्लामा तरकारीको उत्पादन बढेसँगै बर्खे मौसममा राजधानीको माग स्थानीय उत्पादनले पूरा गर्न थालेको छ। सामान्य अवस्थामा दैनिक १२ सय टन तरकारी आवश्यक पर्ने उपत्यकामा मागको ८० प्रतिशतभन्दा बढी उपत्यका आसपासका पहाडी जिल्लाबाट आउने गरेको कालीमाटी फलफूल तथा बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।
सोमबारदेखि आयात भएर भन्सार यार्डमा राखिएको सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढेको छ। चीनको केरुङबाट सोमबारयता नियमित सामग्री आयात भइरहे पनि विभिन्न समस्याका कारण जाँचपास सुरु हुन सकेको थिएन।
चालू आर्थिक वर्षको अन्तिम सातासम्म कर्णाली प्रदेश सरकारले अपेक्षाभन्दा थोरै बजेट खर्च गरेको छ। कूल ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेटमा २६.१५ प्रतिशत मात्र बजेट खर्च भएको छ।
कोटेश्वर–सूर्यविनायक ६ लेनको सडक तयार भएको एक दशक बित्यो। तर त्यसैसँग जोडिएको सूर्यविनायक–धुलिखेल (१४.९१ किलोमिटर) खण्ड दुई लेनमा सीमित छ। साँघुरो सडकका कारण उक्त खण्डमा पिक आवरमा एक घन्टादेखि डेढ घन्टासम्म सवारी जाम हुन्छ।
रुपन्देहीमा निर्माणाधीन एउटा सिँचाइ आयोजनाको संरचना तीन महिना नहुँदै भत्किन थालेको छ।जिल्लाको रोहिणी गाउँपालिका–२ को बैरियामा निर्माणाधीन डिप ट्युबवेल सिँचाइ आयोजना सञ्चालनमा नआउँदै त्यसका संरचना भत्किएका हुन्। गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले संचरना भत्किएको स्थानीयको दाबी छ।
एनसेल प्राइभेटले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत वायरफ्रीप्लस वाइफाइ सेवाको लागि बुकिङ सुरुगरेको छ। उक्त योजना अनुसार उपभोक्ताले अब चाँडैनै आकर्षक बन्डल सेवासहित गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइइ कनेक्टिभिटीअनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले केहिलाई अवसर पनि भएको छ। महामारीको रूपमा फैलिएको कोरोनाका कारण पोखरा उपमहानगरपालिका–२३ मार्गिस्थित मौरेबगर र धर्मडाँडावासीलाई अवसर बनेको छ। पोखराको नजिक भएरपनि वर्षौंदेखि बन्न नसकेको बाटो लकडाउनमा बनेपछि कोरोनालाई अवसरका रूपमा लिएका छन्।
असार सकिँदैछ। अहिले गाउँदेखि सहरसम्म विकास निर्माणका कार्यले तीब्रता पाएको छ। अहिले स्थानीय तहले बजेट सक्न भन्दै गाउँगाउँमा असारे विकासको कर्मकाण्ड थालेको छ। यस्तै असारे कर्मकाण्ड गर्दागर्दै गौरीगंगा नगरपालिकाको वडा नम्बर ८ बढैपुरमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ।
बुटवलमा प्रधान कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले अधिकृत पूँजी दश करोडबाट बृद्धि गरि ५० करोड पुर्याउने प्रस्ताव गरेको छ ।
जुम्ला चन्दननाथ ३ का रामकृष्ण बुढ्थापाको मकैबारीमा दुई दिनअघिसम्म कुनै रोग या किराको प्रकोप देखिएको थिएन । मकै घोगा लागिसकेको थियो ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक खुलेको छ। शुक्रबार बिहानदेखि अवरुद्ध रहेको स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा गएको पहिरो पन्छाएसँगै शनिबार दिउँसोबाट सडक सञ्चालनमा आएको हो ।
कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन्।
सोमबारदेखि आयात भएर भन्सार यार्डमा राखिएको सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढेको छ ।