८ वैशाख २०८१ शनिबार
अर्थ

चार इन्स्योरेन्सको आइपीओ आउँदै

हाल मुलुकमा सञ्चालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा लागेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले आईपिओ निष्कासनका लागी आवेदन दिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।  

हाल मुलुकभरी १९ जीवन र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेकोमा २ जीवन र २ निर्जीवन बीमा कम्पनीले आईपिओ निष्कासनको तयारीमा लागेका हुन् । नेप्सेका अनुसार रिलायन्स लाइफ इन्स्यारेन्सले एक सय रुपैयाँ अंकित मूल्यका ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ ।  

आईपिओ निष्कासनका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापीटललाई नियुक्त गरेको छ भने कम्पनीले निष्कासन गर्न लागेको आईपीओ ईक्रा नेपालले ग्रेड ४ रेट दिएको छ । कम्पनीको हाल अधिकृत पूँजी ३ अर्ब रहेको छ भने जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । १ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।  

त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ बिक्रिका लागि बोर्डमा आवेदन दिएको छ । इन्स्योरेन्सले आईपीओको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।  

इन्स्योरेन्सको हालको चुक्ता पुँजी एक अर्ब ४० करोड रहेको छ भने आइपीओ निष्काशन पश्चात् चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको नेप्सेले जनाएको छ ।  

कम्पनीले कूल जारी पूँजीको ७० प्रतिशत संस्थापकको तर्फवाट चुक्ता भईसकेको छ भने ३० प्रतिशत सर्वसाधारणको निष्कासनका लागि अनुमती मागेको हो । कम्पनीले आईपीओ जारी तथा बाँडफाँड गरेपछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्नै भएको छ । बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल नियुक्त गरेको कम्पनीले आईपिओ निष्कासनका लागी आवेदन गरेको नेप्सेले जनाएको छ । कम्पनीको केयर एनपी बीबी प्लस रेटिङ पाएको छ भने सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि आइपीओ खुला हुनेछ ।

प्रकाशित: २८ असार २०७७ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App