coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

युवाले सुरु गरे ड्रागन फ्रुट खेती

रतन्छाका चार युवाले लगाएको ड्रागन फ्रुटको खेती र नर्सरी। तस्बिर: नागरिक

खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन्। स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर खेती सुरु गरेका हुन्।  

आर्थिक वर्ष ०७६/७७ मा साकेला गाउँपालिकाले उपलब्ध गराएको आठ लाख अनुदान र सञ्चालकको चार लाख गरी १२ लाखमा खेती सुरु गरिएको हो। पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती लगाइएको सञ्चालक पर्वत राईले बताए। खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा संख्याको बिरुवा रोपेर बाँकी नर्सरीमा राखिएको छ।  

ड्रागन फ्रुटको सम्भावना अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिई खेती गरिएको राईले बताए।  

हलेसी तुवाचुङ नगरपालिकाले ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै किसानलाई तालिम दिएको केही समयपछि उनीहरुले यसको खेतीमा लगानी गरेका हुन्। उनीहरुले आगामी वर्ष थप १५ रोपनी जग्गामा खेती विस्तार गर्ने तयारी गरेका छन्।  

पालिकास्तरीय नमूना कृषि फर्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुट खेती सुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए।

प्रकाशित: २९ असार २०७७ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App