२६० नेपाली स्वदेश फर्किए
विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार सिंगापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

