१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

मलेसियामा निर्मम ढंगले सुरक्षा गार्ड कुटिएको भिडियो : दुवै नेपाली भएको पुष्टि

सुरक्षा गार्ड कुटिएको भिडियोका फुटेज ।

मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम ढंगले कुट्ने व्यक्ति पनि नेपाली नै रहेको पत्ता लागेको छ ।  

केही दिनअघि एक जना सुरक्षा गार्ड अत्यन्तै क्रूर तरिकाले लाठीले कुटिएकाे भिडियाे भाइरल भएकाे थियाे। त्यसबारे मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान गर्दा दुवै व्यक्ति नेपाली भएकाे पुष्टि भएकाे हो ।  

दूतावासले सोमबार विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार कुट्ने व्यक्ति कपिलवस्तुका स्थायी बासिन्दा रामगोपाल मुराउ र कुटाइ खाने व्यक्ति  नवलपरासीका इस्लाम हुसेन हुन् ।  

विज्ञप्तिअनुसार भिडियोबारे दूतावासलाई जुलाई ३० मध्यराति जानकारी प्राप्त भएको थियो । त्यसपछि तुरुन्त सुरक्षा गार्डसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरूको छाता संगठन पिआइकेएमलाई खबर गरी सत्यतथ्य बुझ्न दूतावासले अनुरोध गरेको थियो । त्यसपछि पिआइकेएमले जुलाई ३१ बिहान प्रहरीमा उजुरी गरी यससम्बन्धी सूचना उपलब्ध गराउन सबैमा सूचना जारी गरेको थियो ।  

‘त्यसपछि पीडित र पीडक दुवै दूतावासको सम्पर्कमा आउनुभयो । दुवैजना व्यक्तिहरू नेपाली नागरिक भएको पुष्टि भएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।  

मलेसियाको अध्यागमन कानुनअनुसार दुवै जना अवैधानिक अवस्थामा रहेको समेत दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार घटना गत जुलाई ७ तारिख बिहान १० बजेतिर क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो । 

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राम गोपाल मुराउ आज (सोमबार) नै स्वेच्छाले प्रहरीसमक्ष उपस्थित भएका छन्। यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले गर्नेछ ।’  

त्याे भिडियाे हेर्न तलकाे टि्वटर लिंक क्लिक गर्नुहोला  :

https://publish.twitter.com/? 

प्रकाशित: १९ श्रावण २०७७ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App