coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

निगमको उद्धार उडानबाट भारतमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याइयो

स्वेदश आएपछि विद्यार्थीहरु खुशी बनेका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्केका नेपाली विद्यार्थी। तस्बिर सौजन्य : सुप्रिया श्रेष्ठ

भारतको बैंङ्लोर तथा आसपासका क्षेत्रमा पाँच महिनादेखि अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई बुधबारसाँझ नेपाल वायुसेवाको उद्धार उडानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । भारतको विभिन्न क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्नकालागि गएका नेपाली विद्यार्थीहरु कोभिड–१९का कारण भारतमा भएको लकडाउनमा फसेका थिए । कलेज र काम दुबै बन्द भएपछि ति विद्यार्थीहरू बेखर्ची बन्नुकासाथै मानसिक तनाव झेलिरहेका थिए । 

बैङ्लोरका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुले नागरिकसँगको सम्पर्कमा आएपछि नागरिकले अलपत्र परेको विद्यार्थीबारे पहिलोपटक समाचार प्रकाशित गरेको थियो । सोही समाचारको प्रभावका कारण सम्बन्धित निकायको पहलमा अलपत्र परेका नेपाली विद्यार्थीहरूको बुधबार उद्धार भएको हो ।

नेपाल वायुसेवा निगमले प्रेसविज्ञप्ती जारी गरी अलपत्र परेको विद्यार्थीको उद्धार गरेको जनाएको छ । विश्व कोभिड–१९ को संक्रमणबाट निम्तिएको स्वास्थ्य संकटका कारण आक्रान्त छ । यस्तो समयमा विश्वका विभिन्न ठाउँमा अलपत्र परेका नेपाली नागरिकको अवस्थालाई प्राथमिकतामा राखी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो सामाजिक जिम्मेवारी समेत निर्वाह गर्दै उद्धार उडानहरु सञ्चालन गरिरहेको व्यहोरा विज्ञप्तीमा उल्लेख छ । 

‘यसैक्रममा आज मिति २०७७ साउन १४ गते (जुलाई २९, २०२०) निगमले भारतको बैङ्लोरबाट उद्धार उडान सम्पन्न गरेको छ,’विज्ञप्तीमा उल्लेख छ, ‘उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको व्यहोरा जानकारी गराइन्छ । उक्त उद्धार उडानबाट बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।’

यसैविच स्वेदश फिर्ता आएका विद्यार्थीहरु ६ महिनापछि परिवारसँग भेट्न पाउँदा खुशी बनेका छन् । ‘अब हामी घर गएर दुई साता होम क्वारेन्टिनमा बस्ने छौं,’स्वदेश फर्केकि ऐश्वर्या झाले नागरिकसँग भनिन्, ‘सरकार, वायुसेवा तथा नागरिक दैनिकलाई धन्यावाद ।’

यो पनि पढ्नुहोस्

भारतको विमानस्थलमा नेपाली विद्यार्थी अलपत्र

उद्धार कार्यमा संलग्न सुप्रिया श्रेष्ठ अलपत्र परेका सबै नेपाली विद्यार्थीहरु सुरक्षित त्रिभुवन विमानस्थलमा अवतरण गर्दा हर्षित बनिन् । ‘हामी सबैको मिहिनेत सफल भयो,’श्रेष्ठले विमानस्थलबाटै नागरिकसँग भनिन्, ‘हामीले दुःखमा परेकालाई मानवताका नाताले सहयोग गर्नु पर्छ ।,’उनले थपिन्, ‘इमान्दीपुर्वक सबैले आपनो काम गरे सफल हुन्छ ।’

विद्यार्थीहरुकाे तथ्यांक तथा नामनामसी संकलन र विभिन्न निकायबीच समन्यवयकाे काम रेनिस राैनियारले गरेका थिए ।

प्रकाशित: १४ श्रावण २०७७ १८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App