१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेबाट निष्कासनपछि रावल भन्छन्: ओलीको निरंकुश निर्णय

‘म एमालेको पक्षमा वकालत गर्दा ओली विदेशीको पाउ पर्दै थिए’

नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले आफूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीको एकल निर्णय भएको बताएका छन् । नागरिकसँग छोटो प्रतिक्रिया दिँदै रावलले आफूमाथि ओलीले निरंकुशता लादेको पनि भनेका छन् । 

‘यो मूलतः ओलीको एकल निर्णय हो । म माथि पार्टीको निर्णय भनेर ओलीले निरंकुशता लादे,’ रावलले भने, ‘यसले पार्टी पंङ्तीलाई क्षति गर्छ ।’ आफूले पार्टीका पक्षमा वकालत गर्दा ओली विदेशीका पाउमा परेको पनि रावलले बताए । ‘मैले पार्टीभित्र राष्ट्र, राष्ट्रियताको पक्षमा वकालत गर्दै लगेको थिएँ । ओली विदेशीको पाउमा पर्दै थिए,’ उनले भने । 

नेकपा एकीकृत समाजवादीमा जाने विषयमा आफूले अहिल्यै केही निर्णय नलिएको पनि रावलले बताए । उनले भने, ‘मैले अहिले केही सोचेको छैन । साथीहरूसँग छलफल गर्छु ।’  

प्रकाशित: १० पुस २०८१ १९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App