coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

बेलायत सरकारलाई पुन समाजको सहयोग

कोभिड–१९

बेलायतमा मौलिक संस्कृति प्रदर्शन गर्दै पुन समाजका सदस्यहरू। तस्बिर सौजन्यः चामबहादुर पुन।

बेलायतमा रहेका पुन समुदायका सदस्यहरूको साझा संस्था ‘पुन समाज युके’ले कोभिड–१९ विरुद्ध लडिरहेको बेलायती सरकारलाई आर्थिक सहयोग गरेको छ। उसले लण्डन नर्थवेष्ट हेल्थ केयर च्यारिटीलाई ९ लाख २० हजार ८ सय २४ रुपैयाँ सहयोग गरेको हो।  

समाजले बेलाबेलामा बेलायत र नेपालमा विपत्तिमा परेकाहरूलाई सहयोग पु-याउने गरेको छ। समाजका अध्यक्ष धनबहादुर पुनका अुनसार १२ वैशाख २०७२ को भुकम्पका बेला समाजले नेपालका भुइँचालो पीडितको सहयोगार्थ बीस लाख ७ हजार ७ सय ७ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो। साथै पुन समाज नेपालसँग मिलेर विभिन्न ठाउँमा राहत बाँडेको थियो।

संस्थाका सदस्य एवं समाजसेवी चामबहादुर पुनका अनुसार मौलिक संस्कृति संरक्षणका साथै सामाजिक काममा समेत समाज अग्रसर हुँदै आएको छ। उसले पुन समुदायको संस्कार, कला, संस्कृति संरक्षण अभियान चलाउँदै आएको छ।

सन् २००७ मा स्थापना भएको समाज कल्याणकारी संस्थाका रुपमा बेलायतमा दर्ता भएको छ। यो समाज बेलायतमा नमूना सामाजिक संस्थाका रुपमा स्थापित छ। यसले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफल डाँडामा पुन सामुदायिक संग्रहालय बनाउन पनि ठूलो सहयोग पु-याएको छ।  

प्रकाशित: ३१ श्रावण २०७७ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App