coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

विदेशमा कोरोना सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ।  गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो।  

यससँगै शनिबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या १६१ पुगेको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो। समितिका अनुसार  ३६ मुलुकमा रहेका कूल ३१ हजार १५० सङ्क्रमित नेपालीमध्ये २९ हजार २४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना सङ्क्रमणमुक्त भएका छन्।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस साता त्यहाँ सङ्क्रमणदर केही बढेको सङ्घले जनाएको छ। यसैगरी संयुक्त अरब  इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता सङ्क्रमण बढेको छ।  

समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ। समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ।

प्रकाशित: ११ श्रावण २०७७ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App