३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

भक्तपुरका मतदातालाई अपमान गर्न पाइँदैन : महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरमा मतदाताहरू खरिद–बिक्री हुन्छ भन्ने भ्रम फैलाएर धेरैले भक्तपुरका मतदातालाई अपमान गरेको बताएका छन्। साथै उनले यस्ता अभिव्यक्तिहरूलाई खारेज गर्ने र भक्तपुरका मतदाताको अपमान गर्ने व्यक्तिहरूप्रति घृणा व्यक्त गर्ने बताएका छन्। 

बस्नेतले भक्तपुरका मतदाता शिक्षित, सचेत र आत्मनिर्भर रहेको भन्दै कतिपय उम्मेदवारहरूले भक्तपुरमा मासुवाद चल्छ, मतदाता खरिद–बिक्री हुन्छ भन्दै सिंगो भक्तपुरका मतदातालाई अपमान गरेको बताएका हुन्।  

उनले भक्तपुरमा पुराना बस्तीसँगै नयाँ बस्तीहरू विकास भएको बताउँदै नयाँ बस्तीमा पूर्व प्रशासक, सुरक्षाकर्मी, न्याय क्षेत्रका उच्च पदस्थ व्यक्ति तथा प्राविधिक जनशक्ति बसोबास गर्ने हुँदा उनीहरू भोट बेच्ने प्रवृत्तिका मानिस नभएको बताए।  

बस्नेतले पछिल्लो समय भक्तपुर नबुझेका र नचिनेका व्यक्तिहरूले मतदातालाई अपमानजनक रूपमा मासुभातमा बिक्री हुन्छन् भन्दै अभिव्यक्ति दिएको बताउँदै मासुभातमा बिक्री भएको बताउँदा यस पटक मतदाताले आफैँ मूल्यांकन गर्ने बताए।

प्रकाशित: २६ माघ २०८२ १७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App